दुई नेकपा भित्रको विवाद टुंगो लाग्यो, ऋषि कट्टेलको निवेदन खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई नेकपा भित्रको विवाद टुंगो लाग्यो, ऋषि कट्टेलको निवेदन खारेज


९ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । निर्वाचन आयोगले दुई नेकापा भित्रको नाम विवादको टुंगो लगाएको छ । ऋषि कट्टेलले दिएको निवेदनलाई खारेज गर्दै निर्वाचन आयोगले विवाद टुंगो लगाएको हो ।

आयोगले दुवै नेकपाको नाम फरक देखिएकाले सत्तरुढ दलको नामलाई वैधानिकता दिएको छ ।  नेकपा भित्र नाम नजुधेको सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रहेको र ऋषि कट्टेल नेतृत्वको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै भएकोले कट्टेलले दिएको निवेदन खारेज गरेको आयोगले जनाएको छ ।

तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो । फैसलाअघि दुबै नेकपाका प्रतिनिधिसँग आयोगले वुधबार छलफल गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस