पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छ : सभामुख महरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छ : सभामुख महरा


९ कार्तिक २०७५, शुक्रबार


पोखरा । सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन् ।

पोखरा प्रिमियर लिगको उद्घाटन समारोहमा बोल्दै उनले खेललाई पोखराको पर्यटनसँग जोड्न सकिने बताएका छन् । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा पोखरा प्रिमियर लिग शुरु भएको छ ।

सभामुख महराले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके पोखराको सुन्दरता र पोखराको विभिन्न पक्षलाई देश विदेशमा पु¥याउने बताए । उनले भने, ”नेपाल दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी दुवैलाई जोड्न सक्ने क्षेत्रका रुपमा पोखरा रहेको छ ।” स्वस्थ्य खेलबाट स्वस्थ्य जनशक्ति तयार गर्ने र यसको बहुआयामिक महत्व रहेको बताउँदै सभामुख महराले प्रतियोगी टिमलाई विजय हासिल गर्न शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस