प्रचण्ड नयाँदिल्ली प्रस्थान, आजै नेपाल फर्किने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड नयाँदिल्ली प्रस्थान, आजै नेपाल फर्किने


९ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमलदाहाल (प्रचण्ड) आज  नयाँलिल्ली प्रस्थान गरेका छन् । उनी आजै साँझ नेपाल फर्किने गरी भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

उनी नयाँदिल्लीमा इण्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हन् । प्रत्येक वर्ष इण्डिया कन्क्लेभ आयोजना गर्ने गरेको फाउन्डेसनले पाचौँ बर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रमका लागि प्रचण्डलाई निम्त्याएको हो।

अध्यक्ष प्रचण्डले कार्यक्रममा दक्षिण एसियाको ऐतिहासिक विकासक्रम र नेपाल–भारत सम्बन्धको बारेमा विचार निर्माणको के महत्व छ भन्ने कुरा राख्ने जनाइएको छ ।

उनलाई विदाई गर्न नेकपा महासचिव बिष्णु पौडेल, दीननाथ शर्मा, लेखराज भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस