चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा बृद्धि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा बृद्धि


८ कार्तिक २०७५, बिहिबार


चितवन । नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा बृद्धि गरेको छ । राजपत्रमा सूचना प्रकाशित गरी सरकारले प्रवेश शुल्क बढाएको हो ।

शुल्क बढेसगैँ निकुञ्ज प्रवेश गर्दा नेपालीले भ्याटसहित १५०, सार्क देशकाले एकहजार र विदेशीले दुईहजार तिर्नुपर्ने भएको छ ।

यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले रु ११३, सार्कले ८४७.५० र विदेशीले एक हजार ६९५ तिर्नुपर्ने थियो । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले रु तीन हजार र जिपले रु पाँच हजार तिर्नुपर्ने छ । यसअघि जङ्गल यात्रामा सबै सवारीले रु चार हजार ५२० तिर्नुपर्ने थियो ।

यस्तै हात्ती यात्रामा व्यक्तिको मात्रै नेपालीलाई रु ५००, सार्कलाई रु एक हजार ५०० र विदेशीलाई ुई हजार ५०० निर्धारण भएको ढकालले बताउनुभयो । यसअघि हात्ती यात्रामा बच्चाका लागि ५० प्रतिशत छुट भए पनि अहिले छुट दिइएको छैन ।

हात्ती चढ्दा पर्यटकले निकुञ्ज प्रवेश शुाल्क र हात्ती शुल्क तिर्नुपर्ने हुन्छ । हाल हात्तीमा घुम्ने नेपालीले एक हजार १००, सार्क मुलुककाले एक हजार ६०० र विदेशी दुई हजार १०० हात्तीका लागि तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी जिप सफारीका लागि पर्यटकले प्रवेश शुल्कबाहेक जिपका लागि एक हजार २५० व्यवसायीलाई बुझाउनुपर्ने हुन्छ । सरकारले राजपत्रमा नयाँ शुल्क प्रकाशन गरेसँगै असोज २९ गतेबाट लागू गरिएको जनाइएको छ ।

होटल व्यवसायीले शुल्क वृद्धिको पूर्व जानकारी नहुँदा मर्कामा परेको जनाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत १६ करोड ७८ लाख ५४ हजार ६५० र सवारी शुल्कवापत तीन करोड २५ लाख ६० हजार राजश्व सङ्कलन गरेको थियो । निकुञ्जले कूल राजश्व २४ करोड ८१ लाख ९९ हजार ९९८ सङ्कलन गरेको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस