महिलाविरुद्धका भेदभाव अन्त्य गर्न संविधान प्रगतिशील : मन्त्री थापा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिलाविरुद्धका भेदभाव अन्त्य गर्न संविधान प्रगतिशील : मन्त्री थापा


७ कार्तिक २०७५, बुधबार


काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको बताइन्।

जेनेभामा मङ्गलबार महिलाविरुद्धका भेदभाव उन्मूलन समितिको ७१औँ बैठकमा नेपालको छैटौँ आवधिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।

उनले महिला अधिकार संरक्षण र प्रवर्द्धनका लागि नेपाल सरकारले चालेका कदम तथा उनीहरुलाई सशक्त तुल्याउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताइन् ।

जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री थापाले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै जारी भएको नेपालको संविधानले महिला उत्थान र सशक्तीकरणका लागि प्रगतिशील व्यवस्था गरेको जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस