ऋषि कट्टेलले दिए नेकपालाई चेतावनी, निर्णय नसच्याए सर्वोच्च जाने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ऋषि कट्टेलले दिए नेकपालाई चेतावनी, निर्णय नसच्याए सर्वोच्च जाने


७ कार्तिक २०७५, बुधबार


काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्तारुढ दललाई चेतावनी दिएको छ ।

निर्वाचन आयोगमा बुधबार आयोजित कार्यक्रममा कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले आफ्नो निर्णय नसच्याई सत्तारुढ नेकपाको नाम अहिलेकै कायम राखे सर्वोच्च जाने चेतावनी दिएको हो ।

कट्टेल नेतृत्वको नेकपा पहिलेदेखि क्रियाशील थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि उक्त पार्टीको नाम पनि नेकपा राखिएको थियो । आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम दिएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

निवेदनमाथि छलफलका लागि दुबै नेकपाका प्रतिनिधिलाई बोलाएको थियो । बैठकमा कट्लेन नेतृत्वको नेकपाले आफूहरुको पहिचान मेटाउन खोजेको भन्दै आपत्ति जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस