प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका


प्रशासन विशेष ब्युरो

३ कार्तिक २०७५, शनिबार


प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाईदिएका छन् ।

सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् ।

सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस