२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा आगलागीबाट चार लाखको क्षति

अ+ अ-

रुकुम । रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

राति साढे १ बजेको समयमा आगलागी हुँदा अन्नपात, भाँडाकुडा, लत्ताकपडा र नगद एक लाख गरी चार लाख बराबरको क्षति भएको वडा सदस्य रामबहादुर जैसीले जानकारी दिए ।

आगलागी पीडित खत्रीका श्रीमान श्रीमतीले भारतबाट कमाएर ल्याएको नगद जलेको बताइएको छ । खत्री दम्पती दशैँ मनाउनका लागि केही दिनअघि मात्र नेपाल आउनुभएको थियो । खरले छाएको घरमा कसरी आगलागी भयो भन्ने बारेमा खुल्न नसकेको वडा सदस्य जैसीको भनाइ छ ।

खत्रीको परिवार घरमै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । आगलागी भएको थाहा पाएपछि भागेर खत्री परिवार बाँच्न सफल भए पनि घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगो स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।

अहिले खत्रीको परिवार आफ्ना आमा बुबाको घरमा बसिरहेको स्थानीय प्रेमकुमार विश्वकर्माले जानकारी दिए।