२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिमाको आँखामा लगाएको पट्टि खोल्न होडबाजी

अ+ अ-

बुटवल । रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका देवी देवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न यहाँ होडबाजी हुने गरेको छ ।

दशैँ अर्थात् नवदुर्गा पूजा शुरु भएपछि स्थानीयवासीले भजनकीर्तनसहित हर्षउल्लासका साथ पूजाआजा गर्ने चलन छ । पूजाअर्चनाका लागि बनाइएको देवीदेवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न स्थानीयवासीले रु ५० हजारदेखि रु एक लाखसम्म दान गर्ने गरेको शुद्धोदन गाउँपालिकाका रामजी लोधले बताए ।

उनले प्रतिमाको आँखामा लगाइएको पट्टि खोलेपछि त्यसको पहिलो रोशनी जसलाई पर्छ, त्यसको दीर्घायु, सुख, शान्ति र समृद्धि हुने धार्मिक विश्वास रहेको बताए ।

जिल्लाको सैनामैना नगरपालिका, शुद्धोद्धन गाउँपालिका, कञ्चन गाउँपालिका, सियारी गाउँपालिकालगायतका विभिन्न स्थानमा दुर्गा भवानी, श्री गणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमा बनाएर पूजाअर्चना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

बाँस, पराल, काँटी, कपडालगायतका विभिन्न वस्तुको प्रयोगबाट कालीगढले निर्माण गरिएको दुर्गा भवानीको प्रतिमाले महिसासूरलाई वध गर्न लागेको दृश्यसमेत देख्न पाइन्छ । त्यसका लागि उनीहरुले भारतका विभिन्न ठाउँबाट प्रतिमा खरीद गरेर ल्याउँछन् । दुर्गाजीको विभिन्न स्वरुप छ, त्यसैले उनको स्थायी मूर्ति बन्दैन, सैनामैना–५ का विष्णु ज्ञवालीले भने ।

महिसासूरको वध गर्दा महाकालीलगायतका देवी तथा देवता हातहतियारले सुसूज्जित भएकाले यसको स्थायी मूर्ति नबन्ने र त्यो माटोको बन्ने बताइएको छ । भारतबाट झण्डै ३०० को हाराहारीमा ती मूर्ति रुपन्देही आएको बताइएको छ । पण्डित पीताम्बर अर्यालले थारु तथा मधेशी समुदायमा बलि दिने प्रचलन नभएको जानकारी दिँदै नौ दिनसम्म देवी भगवतीको पूजा आरधना गरे धनधान्य, सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको बताए । शक्तिरुपा नवदुर्गाका नौ वटा स्वरुप छन् । नवरात्रभर हरेक दिन फरकफरक स्वरुपमा देवीको पूजा आरधना गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस