२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विन्ध्यवासिनी मन्दिरमा फूलपाती मित्र्याइयो

अ+ अ-

पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष (दुर्गापक्ष) सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ ।

फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

टीकाको दिन सार्वजनिक यातायातलाई सहज बनाइने

विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाउँपालिकामा सार्वजनिक यातायातलाई सहज बनाइने भएकोछ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको पहलमा पृथ्वीराजमार्ग, पोखरा बस र ट्याक्सी व्यवसायी समितिको संयुक्त बैठकले उक्त प्रतिबद्धता गरेका हुन् ।

पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले समितिमा आवद्ध बसमध्ये ५० प्रतिशत अर्थात् एक सय ५० भन्दा बढी बसले टीकाको दिन सर्वसाधारणलाई सेवा प्रदान गर्ने बताए ।

ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाश तिवारीले समितिसँग आवद्ध माइक्रो बस उक्त दिन सञ्चालन गरिने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यातायात व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउँदै चाडपर्वका अवसरमा तोकिएको भन्दा बढी भाडा लिनेलाई कारवाही हुने बताए ।

टिकाको दिन बेलुका ६ बजेसम्म सार्वजनिक यातायातका साधन सहजरुपमा उपलब्ध हुने व्यववसायीले बैठकमा सामूहिक प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस