चितुवाको छालासहित एक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितुवाको छालासहित एक पक्राउ


३० आश्विन २०७५, मंगलबार


काठमाडौं । काठमाडौंको जडिबुटी नजिकबाट चितुवाको पूर्ण कदको छालासहित एक जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काँडाघारी इलाकाबाट काभ्रेपलान्चोक  सर्स्युखर्क गाँउपालिका -२ घर भई हाल बनेपा बस्ने १८ वर्षीय कुनसाङ्ग तामाङ्गलाई पक्राउ गरेको हो ।

निजलाई चितुवाको छालासहित नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त वानेश्वरमा पठाईएको र वृत्त वानेश्वरवाट अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय हात्तिसार पठाईएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस