२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको आर्थिक पहुँच बढाउँदै सहकारी

अ+ अ-

प्यूठान । गाउँगाउँमा सहकारी संस्था गठन र परिचालन पछि आर्थिक कारोवारमा महिलाको अधिकार र पहुँचका साथै महिला उद्यमशीलता पनि बढेको छ ।

घरभित्रको सम्पूर्ण कामको जिम्मेवारी हामी महिलाहरुको हुन्थ्यो सबै आर्थिक कारोवार पुरुषले नै गर्दथे । सहकारी संस्थावाट ऋण लिई वर्षको उत्कृष्ट उद्यममीको रुपमा पुरस्कृत हनुभएकी प्यूठान नगरपालिका–४ निवासी सुन्तली घर्तीमगरले भने, ‘‘सहकारीले मलाई सफल उद्यमी बनायो ।’’

गाउँगाउँमा सहकारी संस्था गठन, परिचालन र महिला लक्षित उद्यम विकासमा प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएकाले उनीहरूको आर्थिक कारोवारमा अधिकार र पहुँच बढेको हो ।

साविकको खैरा गाविसका २५ युवाले मासिक रु १०० बचत गर्न शुरु गरी गठन भएको फूलबारी बचत तथा ऋण सहकारी संस्था लिको हाल कूल पूँजी रु १० करोड ८२ लाख पुगेको संस्थाका सचिव मोहन सुवेदीले प्रतिवेदन प्रस्तुत गरे ।

तीन हजार ९८३सदस्य भएको उक्त सहकारीमा दुई हजार ४६१ महिला सदस्य छन् । ६१ प्रतिशत भन्दा बढी महिला सदस्य भएको सहकारी संस्थामा रु ८ करोड ३४ लाख ८९ हजार ३०० निक्षेप रहेको संस्थामा ५० प्रतिशतभन्दा बढी महिलाहरुकै निक्षेप रहेको बताइएको छ ।

उक्त संस्थाले आफ्ना सदस्यका लागि रु दुई लाखसम्मको दुर्घटना बीमा सुविधा प्रदान गर्ने बताएको छ । संस्थाको कार्य क्षेत्रभित्र विवाह गरेर आउने नयाँ दुलहीलाई स्वागत गर्ने र महिला सदस्य सुत्केरी हुँदा पौष्टिक आहार र नव शिशुलाई भोटो लगी घरमै स्वागत गर्ने लगायत नयाँ कार्यक्रम अगाडि बढाएको छ ।

जिल्ला सहकारी सङ्घमा आवद्ध ९६ र जिल्लामा रहेका करीब २०० भदा बढी सहकारी संस्थामा महिला सदस्य नै बढी देखिन्छन् । सहकारी संस्थामा महिलाहरुको उपस्थिति बाक्लो हुनाले महिला सशक्तीकरण र उद्यमशीलतामा वृद्धि भएको कार्यक्रममा उपस्थित सहकारी अगुवाहरुको भनाइ छ । रासस