बैतडीको बांगाबगरमा बस दुर्घटना, ११ घाइते, दुईको अवस्था गम्भीर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैतडीको बांगाबगरमा बस दुर्घटना, ११ घाइते, दुईको अवस्था गम्भीर


३० आश्विन २०७५, मंगलबार


बैतडी । बैतडीको बांगाबगरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

कैलालीको अतरिया बाट दार्चुलाको गोकुलेश्वरका लागि छुटेको ना ५ ख ८११७ नं को बस बैतडीको डिलाशैनी – ५ बांगाबगरमा दुर्घटना भएको हो ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्दै गोकुलेश्वरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार बस बिहान साढेचार बजे सडकमा पल्टेर दुर्घटना भएको र गाडी चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस