दसैंका लागि सेनाको निशुल्क सेवा, घर बिदामा जानेलाई पनि सुविधा (यस्तो छ रुट) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दसैंका लागि सेनाको निशुल्क सेवा, घर बिदामा जानेलाई पनि सुविधा (यस्तो छ रुट)


२८ आश्विन २०७५, आइतबार


नेपाली सेना

काठमाडौं । दसैं दिन नेपाली सेनाले काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले कार्तिक २ गते बिजया दशमीका दिन उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सेवा दिन लागेको जनाएको छ ।

सेनाले उक्त दिन ८ वटा रुटहरुमा बस निःशुल्क सञ्चालन गर्ने छ ।

नेपाली सेनाले घर बिदामा जाने सकलदर्जा तथा उनीहरुको परिवारहरुको लागि पनि बस सेवा दिएको छ । सेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाडौं दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन गरेको छ । ती बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको बिहान ६ः३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस