शिवराज योगीको ‘जिन्दगानी’ सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिवराज योगीको ‘जिन्दगानी’ सार्वजनिक


२८ आश्विन २०७५, आइतबार


काठमाडौं । पत्रकार शिवराज योगीको पहिलो गीत सार्वजनिक गरिएको छ । उनको शब्दमा रहेको ‘जिन्दगानी’ बोलको गीत आइतबार युटुयबमार्फत सार्वजनिक गरिएको हो ।

योगीको यो गीतमा चर्चित गायक शिशिर योगीले आवाज दिएका छन् भने गीतमा अर्जुन नेपालीले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन् । गीतको भिडियोलाई दिपेश, विजयी र केशवले छायांकन गरेका हुन् । भने, सम्पादन गिरीजा केसीले गरेका हुन् । यस्तै, म्यूजिक भिडियोको निर्देशन भक्त पौडलले गरेका छन् ।

गीतलाई साथी मिडिया प्रालिले उत्पादन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस