बालिका बलात्कारपछि हत्यामा संलग्न दुई पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बालिका बलात्कारपछि हत्यामा संलग्न दुई पक्राउ


२८ आश्विन २०७५, आइतबार


pakrau

धनुषा । धनुषामा दश वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको छ । औरही नगरपालिका २ परवाी दश वर्षीया बालिका मनिका यादवको बलात्कार पछि हत्या गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीया विनोद मुखिया विन र २३ वर्षीया नथुनी पण्डित कुमहार रहेका छन् । प्रहरीले शनिबार ती दुबैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना मृतक बालिकाका छिमेकी रहेको बताइएको छ ।

बालिकालाई दुवैजनाले प्रलोभनमा पारेर शुक्रबार साँझ घरबाहिर लगेर बलात्कार पछि हत्या गरेको खुलेको छ । पण्डितलाई गाउँबाट र मुखियालाई जनकपुरबाट पक्राउ गरिएको जनाइएको छ । मुखिया गोली प्रहार तथा लुटपाट सम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस