चार भारतीय र दुई नेपाली हतियारसहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चार भारतीय र दुई नेपाली हतियारसहित पक्राउ


प्रशासन विशेष ब्युरो

२६ आश्विन २०७५, शुक्रबार


चार भारतीय र दुई नेपाली हतियारसहित पक्राउ

रौतहट । प्रहरीले हतियारसहित ६ जनालाई पक्राउ गरेको छ ।

२५ असोज राती प्रहरीको गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट चार भारतीय र दुई नेपालीलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको हो ।

उनीहरुलाई परोहा नगरपालिका–८ मोतिपुर नजिक दशगजा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारीका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया रहेका छन् ।

त्यस्तै धनुषाको फुलबरिया गाउँपालिका–१ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक तिमालका २५ वर्षीय मनोज तामाङ पनि पक्राउ परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस