खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ ।

खाद्य संस्थानको थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबार विहानदेखि खसीबोका र च्याङग्राको बिक्री सुरु गरिएको प्रवक्ता जनाइएको छ।

संस्थानले १० रुपैयाँ छुटमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ ।

यो मूल्य बजार भाउ भन्दा ४० रुपैयाँ सस्तो भएको संस्थानले जनाएको छ । संस्थानले पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ ।

भोलिसम्म थप पाँच सय च्याङ्ग्रा र २५० खसीबोका आउने छन् । तराईबाट खसीबोका र हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याउने गरेको संस्थानले जनाएको छ ।

प्रत्येक वर्ष काठमाडौंका लागि थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दशैंका लागि सुपथ मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको खाद्य संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस