दसैंको शुभकामना दिन हेलिकोप्टर चार्टर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दसैंको शुभकामना दिन हेलिकोप्टर चार्टर


२५ आश्विन २०७५, बिहिबार


प्युठान । ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन दसैंको शुभकामना बाँड्न हेलिकोप्टर चार्टर गरेर प्युठान आएका छन् ।

प्युठान नगरपालिकाले मंगलबार शुभकामनासहितको अन्तर्क्रिया कार्यक्रममा मन्त्री पुन सहभागी भएका हुन् । मन्त्री पुन उपस्थित हुने भएपछि आफ्ना जिज्ञासा पोख्न ठूलो संख्यामा स्थानीय उपस्थित थिए । तर, कार्यक्रम कार्यक्रम शुभकामना आदानप्रदानमै सीमित भयो ।

कार्यक्रम १ बजे सुरु भएको थियो । मन्त्री पुन भने ३ बजे मात्रै कार्यक्रम स्थल पुगेका थिए । त्यसअघि नै धेरै वक्ताले शुभकामना मन्तव्य राखिसकेका थिए । उनीसँग पूर्वसभामुख एवं नेकपाकी प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती पनि आएकी थिइन् । पूर्वसभामुख घर्ती नेकपाको बैठकमा व्यस्त भइन् । मन्त्री पुनले कार्यक्रमलाई सम्बोधन पनि गरे ।

मन्त्री पुनले छिमेकी जिल्लाको भूगोलका विषयमा आफूलाई धेरै जानकारी भएकाले विकास निर्माणमा चासो दिने प्रतिवद्धता जनाए ।

प्युठानीसँग लामो समय बसेर अन्तर्क्रिया गर्न नपाएकोमा मन्त्री पुनले दुःख व्यक्त गरे । फेरि समय मिलाएर आउने आश्वासन दिए ।

शुभकामना आदानप्रदान गर्न हेलिकोप्टर चार्टर गरेर आउनु सकरात्मक नभएको नागरिकले टिप्पणी गरेका छन् । मन्त्री पुन हेली एभरेस्ट प्रालिको हेलिकोप्टरबाट प्युठान आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस