वामदेवलाई सांसद बनाउन काठमाडौं–७ बाट मानन्धरको राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वामदेवलाई सांसद बनाउन काठमाडौं–७ बाट मानन्धरको राजीनामा


२३ आश्विन २०७५, मंगलबार


काठमाडौं । बामदेव गौतमलाई सांसद बनाउन नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता मानन्धरले आफूले सांसद पदबाट राजीनामा दिएको बताएका हुन् ।

देशले विकास चाहेको र गौतम संसदमा आएपछि विकासमा टेवा पुग्ने बताउँदै उनले आफुले पदबाट राजिनामा दिएको बताए छन् । आफ्नो चाहना विकास भएको भन्दै बताउँदै उनले कुनै लेनदेनमा संसद पद नछोडेको उनको दावी छ ।

गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस