चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन


२३ आश्विन २०७५, मंगलबार


काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । उनको ५८ बर्षको उमेरमा आफ्नै घर टिकाथलीमा निधन भएको हो ।

रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उपचारका लागि वीएन्डवी अस्पतालमा लगिएको थियो । अस्पताल ल्याउने क्रममा उनको निधन भएको जनाएको छ ।

उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको जनाइएको छ ।

बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस