२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न बहानामा ३० हजार घुस मागेको अभियोग उनी माथि लागेको छ । यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पनि पाँच हजार घुस लिएको अभियोगमा आजै मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशीभूषणप्रसाद साहले रु एक लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । एक निजी विद्यालयलाई अनुमति दिने क्रममा उनीहरुले घुस मागेको आयोगले अभियोग लगाएको छ ।

यसैगरी आयोगले नापी कार्यालय, सर्लाहीमा कार्यरत अमिन किसुनदेव मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अंशबन्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग अमिन मण्डलले नौ हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै आयोगले आजै इलाका प्रहरी कार्यालय रामगोपालपुर, महोत्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक रामबाबुप्रसाद यादवविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल भारत सीमाबजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभनमा सेवाग्राहीसँग पाँच हजार घुस मागेको अभियोग उनी माथि लागेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस