आत्मनिर्भर अर्थतन्त्रमा खानी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आत्मनिर्भर अर्थतन्त्रमा खानी


२१ आश्विन २०७५, आइतबार


अर्थतन्त्रमा खानी

पृथ्वीनारायण शाहले भनेका छन्, ‘खानीहरू भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानीहरू चलाउनुपर्छ ।’ पृथ्वीनारायण शाहले भनेजस्तै नेपाल खानीहरूले भएको देश हो । नेपालमा रहेका खानीहरूको अन्वेषण, उत्खनन्, प्रशोधन, उत्पादन र निर्यातको गरेपछि समृद्धि देश हुन्छ । पृथ्वीनारायण शाह नेपाली इतिहासमा एउटा दूरदर्शी राजा हुन् । देशमा भएको खानीहरूले नै गर्दा देशको आर्थिक विकास हुन्छ, भन्ने थाहा पाएर पृथ्वीनारायण शाहले यस्तो भनेको थिए । हुन पनि हो, देशमा रहेका खानीहरूलाई मात्र प्रयोग गर्ने हो, भने नेपालीले देखेको देश समृद्धिको सपना छिट्टै पूरा हुन्छ । त्यसैले आत्मनिर्भर अर्थतन्त्र बनाउन देशमा रहेका खानीहरूको उत्खनन्सहित प्रयोग गर्नुपर्छ ।

समृद्ध देश बनाउन देशका खानीहरू महत्वपूर्ण साधन हुन् ।

देशमा रहेका खानीहरूको विषयलाई लिएर विभिन्न समयमा चर्चाको विषय बनाइन्छ । तर, खानीहरूलाई उत्खनन् गरी प्रयोग गर्न सके देशको अर्थतन्त्रमा टेवा पुग्छ भनी कसैको दीर्घकालीन योजना बनाइएन । जसको परिणाम स्वरूप युगौंदेखि खानीको सिरानीमा हामी निदाइरहेका छौं । खानीको सिरानी बनाई मिठो निन्दामा रहेका हामी अब ब्यूँझनुपर्छ । देशको राजनीतिक खिचातानी र हाम्रो खानीको सिरानीले देशलाई कहिल्यै आत्मनिर्भर बनाउन सकेन । समय धेरै ढिला भइसकेको छ । खानीको सिरानीमा सुतेका हामी र देशको नीति निर्माता सबैले सोच्नुपर्ने बाध्यता भइसकेको छ । अझै हामीले बिलौना गर्‍यौं भने देशलाई कहिल्यै समृद्धि बनाउन सक्दैनौं र देशमा रहेका स्रोत साधनको कहिल्यै प्रयोग आउने छैनन् ।

नेपालमा रहेका खानी, विदेशमा रहेका नेपालीको जवानीको कहिल्यै कसैले मूल्यांकन नगरेका कारण देश समृद्धि हुन सकेन । खानीको सिरानी बनाई सुतेका हामीले खानीबाट उत्पादन सामाग्रीहरूलाई चिन्न सकेनौं । त्यहि कारण आज देश पूर्ण परनिर्भरता भएको छ । सदा सधैं हामीले अरुको गुलामी भइरहनुप¥यो । देशको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न देशमा भएका सबै खानीहरूको उत्खनन् गरी प्रयोगमा ल्याउनुपर्छ । जबसम्म हामी खानीहरूको उत्खनन्, प्रयोग र प्रशोधनमा ल्याउन सक्दैनौ तबसम्म देश कुनै पनि हालतमा आत्मनिर्भर हुन सक्दैन । खानीहरूबाटै उत्पादित वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याई त्यसबाट हामीले मनग्ये विदेशी मुद्रा भित्र्याउन सक्छौं ।

नुनदेखि सुनसम्म नेपालमा रहेका खानीमै छ । अनगन्ती खानीहरू वषौंदेखि हाम्रो जमिनमुनि दबिएर बसेका छन् । खानीहरू उत्खनन्, अन्वेषण र प्रयोगका केही प्रयासहरू भए पनि त्यसले पूर्णता पाएको छैन । अब देशमा रहेका खानीहरूलाई राज्यले उत्खनन् गरी प्रयोगमा ल्याउने हो भने नेपाल अबको केही वर्षमै विकसित देशमा सूचीकृत हुन्छ । खानीहरूको अध्ययन/अन्वेषणको लागि देशमा पर्याप्त जनशक्ति, स्रोध साधन नभएका कारणले पनि देशमा रहेका खानीहरूको उत्खनन् र प्रयोग हुन सकेको छैन । कतिपय खानीहरूको अझै पहिचान हुन सकेको छैन ।

सरकारले अब खानीहरूको लागि खोज/अन्वेषण गर्न दक्ष जनशक्ति उत्पादनमा गर्न ध्यान दिनुपर्छ । खानीहरू उत्खनन् प्रयोगको लागि स्वदेशी लगानीहरूलाई प्रोसाहित हुने खालका कार्यक्रमहरू ल्याउनुपर्छ । सरकारले विदेशी बहुराष्ट्रिय खानीहरूको उत्खनन् र प्रशोधन गर्ने कम्पनीहरूलाई भित्र्याई सुरक्षित लगानीको विश्वासको वातावरण बनाउन लाग्नुपर्छ । उनीहरूको लगानीको सुनिश्चितता सरकारले लिनुपर्छ । यसो गरियो भने मात्र देश समृद्ध हुन्छ ।

विकसित देशहरुले आफ्नै देशमा रहेका खानीहरूको उत्खनन् गरी प्रयोग ल्याएका छन् । नेपालमा भने खानीहरूलाई उत्खनन् र प्रयोग नै नगरी अन्नजस्तै भण्डारण गरिएको छ । धेरै समयसम्म अन्नलाई प्रयोगमा ल्याइएन भने अन्न कुहिएर जान्छ । खानी पनि त्यही अन्नजस्तै हुन् । जमिनमुनि रहेका खानीहरूलाई समयमै उत्खनन्सहित प्रयोग नभएपछि केही खानीहरू जस्ताको तस्तै रहने पनि अधिकांश खानीहरू माटोमा बिलाएर जान्छन् । त्यसैले देशमा रहेका खानीहरूको उत्खनन् गरी व्यावसायिक रूपमा प्रयोग गर्नुपर्छ । खानीहरूले नै खनिज पदार्थहरूको भण्डारण गर्छ । खनिजहरू पदार्थहरू खानीहरूबाटै उत्खनन्सहित प्रशोधन गरी दैनिक उपभोग्य सामग्रीहरू बनाइन्छ । यसरी निर्माण गरिएका उपभोग्य सामग्रीहरू निर्यातबाट आर्जित मुद्राले देश समृद्ध हुन्छ ।

नेपालमा रहेका खानीहरू

प्रदेश १
उदयपुर – चुनढुङ्गा, रातोमाटो, ग्रेनाइट, अग्रक
संखुवासभा – क्वार्ज, अक्वामारिन, टुमार्लिन,
धनकुटा – चुनढुङ्गा, डोलोमाइट
ताप्लेजुङ – अक्वामारिन, क्वाज , टुमार्लि
सोलुखुम्बु – अक्वामारिन, टुमार्लि, तामा
इलाम – चुनढुङ्गा, पोटिमेटल
भोजपुर – चुनढुङ्गा, क्याल्साइट
खोटाङ – चुनढुङ्गा

प्रदेश २
अहिलेसम्म यो प्रदेशमा कुनै पनि खानीबारे अध्ययन र अन्वेषण भएको छैन । अब आउने दिनहरूमा खानीको अध्ययन अन्वेषण हुने क्रममा छ ।

प्रदेश ३
धादिङ – सुन, चुनढुङ्गा, डोलोमाइट, क्वार्जजाइट, सिसा, जिंक, क्याल्साइट
ललितपुर – चुनढुङ्गा
चितवन – चुनढुङ्गा, डोलोमाइट
मकवानपुर – चुनढुङ्गा, मार्बल, क्यार्जजाइट, क्यासाइट, ग्रेनाइट
काभ्रेपलान्चोक – चुनढुङ्गा, क्वार्जजाइट, स्ल्याव, स्टोन
सिन्धुली – चुनढुङ्गा
नुवाकोट – चुनढुङ्गा
सिन्धुपाल्चोक – क्वार्जजाइट, खरीढुङ्गा
दोलखा – चुनढुङ्गा, म्याग्नेसाइट
रामेछाप – फलाम

गण्डकी प्रदेश
तनहुँ – चुनढुङ्गा, खरीढुङ्गा, तामा, डोलोमाइट, फलाम
गोरखा – चुनढुङ्गा, रातोमाटो, क्वार्जजाइट
बाग्लुङ – पत्थर, फलामा
म्याग्दी – खरीढुङ्गा र क्वार्ज
पर्वत – क्वार्जजाइट, फेल्डस्पार
नवलपरासी – फलाम
स्याङजा – चुनढुङ्गा, क्वार्जजाइट
मनाङ – टुर्मालिन
लमजुङ – क्वार्जजाइट

प्रदेश ५
दाङ – कोइला, चुनढुङ्गा, सुन, डालोमाइट, सिसा, रातो माटो
पाल्पा – कोइला, चुनढुङ्गा, डालोमाइट, फलामा, क्वार्जजाइट
प्युठान – चुनढुङ्गा
रोल्पा – चुनढुङ्गा, सुन, पोलिमेटल
अर्घाखाँची – चुनढुङ्गा
बाँके – सिलिका स्याण्ड

प्रदेश ६
सल्यान – चुनढुङ्गा, क्यालसाइट
जजारकोट – काइनाट, टुर्मालिन, सुन, फलाम
कालिकोट – काइनाइट
हुम्ला – क्वार्ज
रुकुम – तामा
दैलेख – काइनाइट
सुर्खेत – चुनढुङ्गा, रेड क्ले

प्रदेश ७
अछाम – काइनाइट
दार्चुला – सिसा, खरिढुङ्गा, क्वार्ज
बझाङ – क्वार्ज, डोलोमाइट, खरिढुङ्गा
बैतडी – चुनढुङ्गा, फलाम, खरिढुङ्गा,
डोटी – चुनढुङ्गा, खरिढुङ्गा
कैलाली – चुनढुङ्गा
डडेलधुरा – तामा

(लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन् ।)

Tags :
प्रतिक्रिया दिनुहोस