भोजपुरमा ग्यासको मूल्य घट्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भोजपुरमा ग्यासको मूल्य घट्यो


१९ आश्विन २०७५, शुक्रबार


भोजपुर । भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो ।

भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो ।

छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ७५ घटाइएको छ ।

व्यवसायीले ग्यास प्रतिसिलिन्डर १८ सय ७५ मा बेच्दै आएकामा एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस