२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिन प्रतिदिन किन बढिरहेको छ दैनिक उपभोग्य वस्तुको मूल्य ?

अ+ अ-

तुलसीपुर । दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ ।

एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ । जब चाडपर्व आउँछ सोही समयमा मूल्यवृद्धि हुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको उपभोक्ता चेतना वलीले बताइन् । “हामी उपभोक्ता विभिन्न बहानामा ठगिने गरेका छौँ”, उनले भनिन् ।

हाल बजारमा चिनीमा प्रतिकेजी पाँच, मैदामा १०, तेलमा ३० सम्म वृद्धि भएको छ । यसअघि प्रतिलिटर १३५ पर्ने तोरीको तेल १६५ देखि ७० सम्म पुगेको छ । त्यस्तै मैदा ४५ प्रतिकिलोबाट एकाएक बढेर ५५ पुगेको व्यवसायी बताउँछन् । “एक दुई दिनमै मूल्य अकासिएको छ, उपभोक्तालाई कसरी बुझाउने समस्या छ”, व्यवसायी हेमराज गौतमले भने । व्यवसायीले आफूहरुले महङ्गो मूल्यमा खरिद गर्नुपरेकाले उपभोक्तालाई पनि सोहीअनुरुप थोरै नाफा खाएर बेच्नुपर्ने बताउँछन् ।

त्यसैगरी जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमहीमा महङ्गीको समस्या देखिएको बताइएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत किराना व्यवसायी उपसमितिका संयोजक जनक रावतले पनि विभिन्न उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको बताए।

उनले सबैभन्दा धेरै आटा, मैदा, तेलमा मूल्यवृद्धि भएको बताए । तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका कारण मूल्यवृद्धि भएको बताए। “यहाँ मूल्यवृद्धि भएको होइन, ठूला व्यवसायी र कारखानाले कृत्रिम अभाव सिर्जना गरेकाले यस्तो समस्या भएको हो”, उनले भने । अब छिट्टै बजार अनुगमन गर्ने उनको भनाइ थियो । तर बजारमा हालसम्म पनि अनुगमन नभएको उपभोक्ताले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस