२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘घर जान मन छ लगिदिनोस्’

अ+ अ-

काठमाडौं । उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे ।

बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार गर्‍यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौंमा राखिएको छ ।

“उनलाई संरक्षणमा राखेका छौँ,” केन्द्रका प्रमुख कृष्णबहादुर राजभण्डारीले भने, “अब परिवारको खोजी गर्छौं, फेला परे बुझाउँछौँ नभए बालसंरक्षण केन्द्रमा पठाउँछौँ ।” उदयपुरबाट बुबाआमासँगै काठमाडौं आएका मगर उनीहरुले छाडेका हुन् या आफैँ छुटेका हुन् भन्ने अनुसन्धानमै रहेको भण्डारी बताउँछन् ।

“सडकमा बस्दा जाडो हुन्थ्यो, बाटोमा हिँड्ने मान्छेले खानेकुरा र पैसा दिन्थे, त्यही खान्थें” मलिन स्वरमा मगरले भने, “घर जान मन छ, लगिदिनोस् ।” बेलाबेलामा म घर कहिले जाने भनेर सोधिरहन्छन् । मगरका अनुसार बुबा दलबहादुर र आमा दुर्गाको मुख्य पेशा ज्याला मजदुरी हो ।

कञ्चनपुर दसराबस्तीका नौ वर्षीय सविन लामा र उनका तीन वर्षका भाइ कुशल असोज १६ गते काठमाडौं छहारी क्लब नजिकै सडकमा भेटिए । कलिलो उमेरमै उनीहरु कसरी सडकमा आइपुगे यकिन भएको छैन । महानगरीय प्रहरी वृत्त बौद्धको उद्धारपछि उनीहरुलाई अहिले बालमन्दिर नक्सालको संरक्षणमा राखिएको छ । उनीहरु पनि घर लगिदिन आग्रह गर्दैछन् ।

कसरी सडकमा आइपुगे भनेर अनुसन्धान थालेको खोजतलास केन्द्रका प्रहरी सहायक निरीक्षक नारायण केसी बताउँछन्। परिवारको खोजीका लागि सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारी गर्ने तयारी भएको केसीले बताए । यस्तै जोखिममा परेर उद्धार गरिएकी एक बालिकालाई तीन महीनापछि बिहीबार केन्द्रीय बालकल्याण समितिले परिवारकोमा जिम्मा लगाएको छ । समितिका कार्यक्रम संयोजक चित्र पौडेल जोखिममा परेपछि संरक्षण गरिएको बालिकालाई राम्रो हेरचाह गर्ने सहमतिपछि परिवारमा जिम्मा लगाइएको बताउँछन् ।

यी केही प्रतिनिधि घट्ना हुन् । दैनिकरुपमा बालबालिका हराउने र बेवारिसे हुने अवस्था नेपालमा छ । हराउने भन्दा भेटिने सङ्ख्या न्यून छ । मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक बेमेल र मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारी लगायतका कारणले बालबालिका सडकमा पुग्ने गरेका छन् । यस्ता कारणमध्ये आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिका भने सबैभन्दा बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ । जुनसुकै घटना भए पनि कतै न कतै गएर आर्थिक कुरा जोडिने गरेको बताउँछन् बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौंका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी ।

उनका अनुसार साना उमेरका बालक बढी हराएका छन् भने ठूला उमेरका बालिका बढी हराउने गरेका छन् । कतिपय बालबालिका गम्भीर शोषणमासमेत पर्ने गरेका छन् । चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै देशभर ५११ बालबालिका हराएकामा ३९० बालिका थिए । उनीहरु मध्ये २०८ जना फेला परे ।

आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्कअनुसार नेपालमा दुई हजार ३३० बालबालिका हराएका थिए जसमा एक हजार ४०७ बालिका छन् । त्यस्तै ९२३ बालक छन् । तीमध्ये एक हजार १७ मात्रै फेला परेका छन् । उक्त तथ्याङ्कले बालिका बढी जोखिममा छन् भन्ने देखाउँछ । एक वर्षमा प्रदेश नं. १ बाट २४५, प्रदेश नं. २ बाट २८७, प्रदेश नं. ३ बाट ७०२ (उपत्यकामा २८३०, प्रदेश नं ४ बाट २७५, प्रदेश नं ५ बाट ३४१, प्रदेश नं ६ बाट २१० र प्रदेश नं ७ बाट २७० बालबालिका हराएका थिए ।

आर्थिक वर्ष २०७४/७५ मा ४४२ बालबालिका बेवारिसे अवस्थामा भेटिएका थिए । सबैभन्दा बढी उपत्यकामा मात्रै ३०८ बालबालिका बेवारिसे फेला परेको तथ्याङ्क छ । हाल १६७ बालबालिका बालगृहमा छन् । नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा २९ मा शोषणविरुद्धको हक तथा धारा ३९ मा शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारको हकको व्यवस्था भए पनि बालबालिका जोखिममा पर्ने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस