श्रावण ८ गते, २०७६

घुस लिएको आरोपमा सईसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास ढुङ्गाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा बेचबिखन गर्ने व्यवसायीलाई सहजरुपमा निकासी गर्न दिने शर्तमा ४५ हजार घुस लिएको अभियोग लागेको छ ।

बालुवा व्यवसायीसँग प्रहरी सहायक निरीक्षक ढङ्गानाले रकम बुझी प्रहरी हवल्दार भारतीलाई रु पाँच हजार दिएको र विष्टलाई रु २५ हजार छुट्याएका थिए ।

आयोगले तीनै जना प्रहरी कर्मचारीलाई ४० हजारको बिगो कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले सोही प्रकरणमा संलग्न महानगरी प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार हवल्दार चौधरीले बालुवा व्यापारीसँग पाँच हजार घुस लिएको अभियोग लागेको छ ।

आश्विन १८ गते, २०७५ - १८ः२८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg