१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारको स्वरूप फेरिँदै

अ+ अ-

काठमाडौं । क्षतिग्रस्त भौतिक संरचना । अव्यवस्थित पार्किङ र क्यान्टिन । जताततै थुपारिएका निर्माण सामग्री । सिंहदरवारमा देखिने दृष्य हुन् यी । यसले सिंहदरवारलाई कुरूप बनाएको छ । तर, अब धन्दा नमान्नुस्, सिंहदरवारको यो अवस्था छिट्टै फेरिँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरवारलाई ‘सुन्दर’ बनाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

निर्देशनमा सिंहदरवारको परिसरको डिजिटल ल्याण्डस्केप मास्टर प्लान तीन महिनाभित्र तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न, २०३० सालपछि बनेका भवनहरूलाई सिंहदरबारको मूलकला र स्वरूपसँग सुहाउने गरी बाहिरी रूप बदल्न, सिंहदरबार पश्चिम गेट लगायत संरचनाको सरसफाइ तत्काल प्रारम्भ गर्न र सिंहदरबारका भत्काउनुपर्ने तथा पुनर्सबलीकरण (रेट्रोफिटिङ) गर्नुपर्ने भवन तथा संरचनाहरूको एकीन गरी तत्काल काम थाल्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले सिंहदरबार परिसरको वेस्ट वाटर ट्रिटमेन्ट सिस्टम निर्माण गर्न, सरोकारवाला निकायहरूसँग समन्वय गरी टेलिफोन केवल तथा बिजुली लगायतका तारहरू भूमिगत गर्न, भूकम्पबाट सिर्जित अवशेष हटाउन तत्काल कार्य प्रारम्भ गर्न, मन्त्रालयपिच्छे रहेका क्वान्टिनहरू हटाई सहरी विकास मन्त्रालयले एकीकृत क्वान्टिनको व्यवस्था मिलाउन तत्काल कार्य सुरु गर्न, चालु आर्थिक वर्षमा सिंहदरबार भित्रका प्रत्येक भवनमा फ्लड लाइट जडान गर्न, सिंहदरबारका भवनहरूमा चुना प्रयोग नगरी स्थायी रंगको प्रयोग गर्ने व्यवस्था मिलाउन, तीन महिनामा गृह मन्त्रालय पश्चिम तर्फको गेटलाई कलात्मक बनाउन र सो प्रवेशद्वारदेखि गृह मन्त्रालयसम्मको बाटो निर्माण एवं मर्मत गर्न, गृह मन्त्रालयको समन्वयमा सम्भव भएसम्म सिंहदरबार प्रवेशका सबै गेटहरूमा सवारी साधन तथा पैदलयात्रीका लागि दुई महिनामा बाटो खुलाउन, गृह मन्त्रालयसँग समन्वय गरी सिंहदरबार प्रवेश गर्दा जाँच गर्ने स्थान र प्रणालीमा सुधार गरी आधुनिक बनाउनुपर्नेछ ।

यस्तै, सिंहदरवारका सबै बगैचाको एकीकृत ठेक्का लगाउन, सिंहदरबारको बाहिरी पर्खाललाई कलात्मक र सुन्दर बनाउने कार्य तत्काल सुरु गर्न, प्रत्येक मन्त्रालयको भित्री सरसफाइ रंगरोगनको नियमित रूपमा अनुगमन गर्न, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी पुरातात्विक महत्वका भवन र संरचना लिस्टिङ गरी संरक्षण गर्न, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी सिंहदरबारको इतिहास सहितको म्युजियम तयार गर्न, सिंहदरबार परिसरका सवारी साधन पार्किङ संरचना तयार गर्ने कार्य तत्काल प्रारम्भ गर्न, सडकपेटीमा सवारी साधन राख्न नमिल्ने गरी व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन गरिएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले आ–आफ्ना हाताभित्र रहेका लिलाम गर्नुपर्ने सवारी साधनको तत्काल लिलामी सम्बन्धी कारबाही अघि बढाउन सबै निकायलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले सिंहदरवारलाई ‘सुन्दर’ बनाउन सहरी विकास मन्त्रालयसँगै अन्य निकायलाई विभिन्न निर्देशन गरिएको जानकारी दिए । ‘यसले सिंहदरवारको स्वरूप बदल्ने हाम्रो विश्वास छ,’ उनले भने ।

निर्देशन कार्यान्वयन भए/नभएको अनुगमन गर्न प्रवक्ता कुँवरको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सो समितिले प्रत्येक महिनाको पहिलो शुक्रबार अनुगमन गर्ने प्रवक्ता कुँवरले जानकारी दिए ।

सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रविन्द्र बोहराले तत्काल बजेटमा परेकालाई यही वर्ष बजेटमा सम्बोधन गर्ने बताए । ‘लाइटिङ, पार्किङलगायत काम यही वर्ष गर्नेछौं । त्यो बाहेक अन्य विषयमा आगामी वर्षमा काम गर्नेछौं,’ उनले भने, ‘सिंहदरवार ‘सुन्दर’ बनाउन दुई मत नै छैन ।’

हेर्नुहोस् सिंहदरवार भित्रका केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस