२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निरक्षर उन्मूलनमा सबैको सहभागिता आवश्यक’

अ+ अ-

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताए ।

मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने बताए । शिक्षा विधेयक पारित भएर प्रमाणीकरणसमेत भएको कुरालाई उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ थियो । सबै तहका सरकार, राजनीतिक दल, सामाजिक क्षेत्र र आम जनताको सक्रियताले नै निरक्षर उन्मूलन गर्न सकिने उनले बताए।

“सरकारले केही गरेन भन्ने प्रतिपक्षीको आरोपलाई आफ्नो निरासाको कारण नबनाउनुहोस्,” उनले भने, “आ–आफ्ना तहमा विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न सहयोग पु¥याउनतर्फ लाग्नुपर्छ ।” जिल्लाका १५ वटै स्थानीय तहका पार्टी कमिटीमा निरक्षर उन्मूलनसम्बन्धी अभियानसँग जोडेर प्रस्ताव नै बनाएर छलफल र निर्णय गर्न उनले पार्टी कार्यकर्तासँग अपिल गरे

“यस अवधिमा संविधानले निर्दिष्ट गरेअनुसार मौलिक हकसम्बन्धी १५ वटै विधेयक पारित भएर प्रमाणीकरण भएका छन्, यसलाई उपलब्धिको सूचीमा राख्नु पर्छ । शिक्षा अब अनिवार्य र निःशुल्क हुने कुरा कानूनले नै ग्यारण्टी गरेको छ,” उनले भने । मन्त्री पोखरेल आज सिरहा र सर्लाहीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। रासस

प्रतिक्रिया दिनुहोस