६१ हजार बराबरको पटाका बरामद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

६१ हजार बराबरको पटाका बरामद


१६ आश्विन २०७५, मंगलबार


लहान । सिरहाको माडर तथा औरहीबाट ६१ हजार बराबरको पटाका बरामद गरिएको छ ।

गए राति प्रहरीको गस्ती टोलीले अवैधरुपमा भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको हो ।

बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुर्याइ नष्ट गरिने प्रहरीले जनाएको छ ।

दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस