पहिलो पर्यटकलाई काँकडभिट्टामा सम्मान « प्रशासन
prasaLogo
११ आश्विन २०७५, बिहीबार

पहिलो पर्यटकलाई काँकडभिट्टामा सम्मान


प्रकाशित मिति : 27 September, 2018 2:44 pm

भद्रपुर । पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ ।

विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा थाइल्याण्डका अरुनमेन उदनान र चाचना सिनपुरु रहेका छन् भने भारतको आसामका रञ्जन कश्यप रहेका छन् ।

उनीहरुलाई सम्मानस्वरुप झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खादा र अबीर लगाइ स्वागत गरेका थिए। सो अवसरमा महिला पर्यटकलाई हरियो पोते र पुरुष पर्यटकलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो । थाई पर्यटक चाचना सिनपुरुले भगवान् बुद्ध जन्मेको देश नेपाल अति सुन्दर र शान्त छ भन्ने पढेर नेपाल घुम्न आएको बताए ।

भारतको गुवाहाटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीका अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका भारतीय पर्यटक रञ्जन कश्यपले काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने चाहना राखेर नेपाल आएको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस