आज नेपाल आइपुग्ने सबै पर्यटकलाई खानामा २० प्रतिशत छुट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज नेपाल आइपुग्ने सबै पर्यटकलाई खानामा २० प्रतिशत छुट


११ आश्विन २०७५, बिहिबार


काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान)ले आज (बिहीबार) नेपाल आइपुग्ने सबै पर्यटकलाई खानामा २० प्रतिशत छुट दिने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा हानले सबै सदस्य होटलमा छुट दिने घोषणा गरेको हो ।

हानका अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोदेखि अन्तिम उडानबाट आउने विदेशी पर्यटकलाई विमानस्थलस्थित काउन्टरबाट खानामा २० प्रतिशत छुटको कुपन वितरण गरिने छ ।

त्यसैगरी पहिलो उडानबाट आउने पहिलो तीनजनालाई विशेष सम्मान गरिने हानले जनाएको छ । उक्त कुपन सेप्टेम्बर २८ र २९ सम्म उपयोग गर्न सकिनेछ । पर्यटकले धेरै अगाडिदेखि होटल बुकिङ गरेर आउने भएकाले यस्तो सुविधा खानामा मात्र दिइएको हानले जनाएको छ ।

जानद्वारा जारि विज्ञप्तिमा विदेशी पाहुनालाई नेपालप्रति थप आकर्षित गराउन र उनीहरूको बसाइ सुखद बनाउन यस किसिमको आतिथ्य सत्कार प्रदान गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस