उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष


१० आश्विन २०७५, बुधबार


काठमाडौं । नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको सहायताका लागि उक्त कक्ष स्थापना गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँ बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्थापना गरिएको सहायता कक्षमा अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या राख्न सकिने बताउनुभयो । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक प्रहरी र जनपद प्रहरीका कर्मचारीहरु रहनेछन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस