२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा आङ खस्ने समस्या बढ्दो : महिलाका सवाल उजागर गर्दै उपाध्यक्ष बोहरा भाट

अ+ अ-

डोटी । ‘आङ खस्ने समस्या भएका दिदी बहिनीहरूले सम्पर्क राखौँ । अपरेसनको लागि काठमाण्डौंबाट धनगढी डाक्टर आउने सल्लाह भएको छ । त्यस कारण आफ्नो नाम दर्ता गर्न वडीकेदार गाउँपालिकामा सम्पर्क राखिदिन अनुरोध छ । साथै डोटी जिल्लाका सबै दिदी बहिनीका लागि पनि यो सूचना जारी गरिन्छ ।’ -महिलाहरूका सवाललाई उजागर गर्दै डोटी बडी केदार गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटले सामाजिक सञ्जाल फेसबुकमा सूचना पोस्ट गरिन् ।

बडी केदार लगायत डोटी जिल्लाभरि आङ(पाठेघर) खस्ने महिलाहरूको सङ्ख्या धेरै रहेको उनको बुझाई छ । “तीन वर्ष अगाडी हामीले संकलन गरेको तथ्याङ्क अनुसार यस बडी केदार गाउँपालिका क्षेत्रमा मात्रै करिब एक हजार महिलाहरू पाठेघर खस्ने समस्याबाट पीडित भएको देखिएको थियो” उनी भन्छिन् “डोटी जिल्लाभरि यस्ता समस्या भएका महिलाहरूको संख्या धेरै छ ।” उपाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले बोहरा भाट सामाजिक कार्यकर्ता थिइन । उनी महिला स्वास्थ्य स्वयंसेविका समेत भएर काम गर्थिन् ।

महिला स्वास्थ्य स्वयंसेविका भएकै बेला उनले आङ(पाठेघर) खस्ने समस्याको बारेमा जानकारी पाइन । ‘मैले आङ खस्ने समस्या भनेको के हो र आङ खसेमा महिलालाई कस्तो पिडा हुने रहेछ भन्ने बारेमा त्यतिवेलै थाह पाएँ’ बोहरा भाट भन्छिन् ‘त्यति बेलै देखि मैले यो समस्याको विषयमा कुरा उठाउन थालेकी हुँ ।’

उनले बडी केदार गाउँपालिका क्षेत्रबाट उनले १ सय आठ पाठेघर खसेका महिलालाई बनेपाको शिर मेमोरियल अस्पताल लगेर शल्यक्रिया समेत गराउन सफल भएकी छन् । आफू उपाध्यक्ष हुनुभन्दा पहिले विपन्न महिलाहरूको उपचार गराउन स्थानीय व्यापारी, कर्मचारीहरू र सामाजिक कार्यकर्ताहरूसँग सहयोग माग्दै गर्ने बोहराभाटले गत वर्ष ३६ जनाको उपचारका लागि गाउँपालिकाको लक्षित वर्गको रकम खर्च गरिन् ।

‘जबसम्म महिलाहरू स्वस्थ हुँदैनन् उनीहरूले कसरी काम गर्छन् ? सानै उमेरमा बिहे गरेर बच्चा जन्माउँदा, धेरै बच्चा जन्माउँदा, गर्भवती र सुत्केरी अवस्थामा काम गर्नु पर्दा पाठेघर खस्ने गरेको उनी बताउँछिन् । ‘काम धेरै गर्नु पर्छ, पोसिलो खाने कुरा हुँदैन, गर्भवती र सुत्केरी भएको बेला भारी बोक्नु पर्ने अवस्था आउँछ’ उनी भन्छिन् ‘अनि आङ खस्छ ।’ धेरैले स्वयम् उपचार गराएको, कतिले अरूको सहयोगमा उपचार गराएको भए पनि अझै गाउँपालिकामा करिब ६ सय महिलाहरू यस्तो समस्याबाट पीडित भएको उपाध्यक्ष बोहराभाटको भनाई छ ।

शल्यक्रिया गर्नुपर्ने अवस्थाका २० जना महिलाहरू सम्पर्कमा आए चिकित्सकहरूको टोली कैलालीको धनगढीमा बोलाउन सकिने बताउँदै उनले भनिन् ‘यदि काठमाण्डौंको सट्टा धनगढीमै उपचार हुन सक्यो भने कम खर्च हुन्छ ।’ उनले आङ खस्ने समस्या भएका जिल्ला भरीका महिलाहरूलाई सम्पर्क राख्न आग्रह गरेकी छन् । महिलाहरूले स्वास्थ्य संस्थामा जाँच गरी पाठेघर खसेर शल्यक्रिया गर्नु पर्ने अवस्थाको प्रमाण ल्याउनु पर्ने उनले बताइन ।

प्रतिक्रिया दिनुहोस