घुस लिने मण्डल अख्तियारको फन्दामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुस लिने मण्डल अख्तियारको फन्दामा


९ आश्विन २०७५, मंगलबार


घुस

सर्लाही । सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी कार्यालय हरिऔन, सर्लाहीमा कार्यरत अमिन पक्राउ परेका छन् । अमिन किशुनदेव मण्डलले जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले नौ हजार घुस रकम सहित कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस