२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक शिक्षा अध्ययनका लागि सहयोग

अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्ने भएको छ । नगरपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रतिविद्यार्थी तीन लाखदेखि चार लाखसम्म आर्थिक सहयोग गर्ने भएको हो ।

नगरपालिकामै आगामी मङ्सिरदेखि शुरु हुने प्राविधिक शिक्षाअन्तर्गत स्टाफ नर्स, स्वास्थ्य सहायक, फार्मेसी र ल्याब असिस्टेन्ट पढ्न चाहने विद्यार्थीलाई आर्थिक सहयोग गरिने नगर प्रमुख विशाल शर्माले बताए ।

उनका अनुसार नगरपालिकाले वर्षमा चारजना विद्यार्थीलाई आर्थिक सहयोग गर्ने नीति लिएको छ । नगरपालिकालाई आवश्यक जनशक्ति उत्पादनका लागि सहयोग गर्न लागिएको जनाइएको छ । ‘‘हामीलाई कुन विषयमा दक्ष जनशक्तिको आवश्यकता छ, सोही विषयमा विद्यार्थीलाई सहयोग गर्छौं’’ नगर प्रमुख विशाल शर्माले भने ।

नगरको लक्षित वर्गको बजेट तथा राजश्वबाट उठेको रकमबाट विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि सहयोग गरिनेछ । आर्थिक अवस्था कमजोर भई आफूले चाहेको विषय पढ्न नपाएका विद्यार्थीका लागि यसबाट ठूलो राहात पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस