निर्मला हत्याबारे छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्मला हत्याबारे छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो


९ आश्विन २०७५, मंगलबार


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले आज प्रतिवेदन बुझाएको छ ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो ।

भदौ ७ गते हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो। समितिलाई १५ दिनको म्याद दिइएको थियो। तोकिएको समयमा अनुसन्धान नसकिएपछि थप १५ दिन म्याद थपिएको थियो।

समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको हो।

कञ्चनपुरकी बालिका पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा लास भेटिएको थियो। उनी अघिल्लो दिन साथीको घरमा गएपछि फर्किएकी थिइनन्। पन्तका आमाबाबु न्यायको लागि भन्दै काठमाडौंमा आएर गृहमन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर केही दिनअघि फर्किएका थिए।

गृहमन्त्री बादलले प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस