२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोटेश्वर–जडीबुटी सडक तिहारअघि बेलिब्रिज सञ्चालनमा

अ+ अ-

काठमाडौं । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।

उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ ।

राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम अघि बढे तापनि केही मात्रामा स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले निर्माणमा अवरोध गर्ने कार्य गरिरहेका छन् । सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक आन्दोलन भइरहेका छन् ।

सांसद महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाइने बताइएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकासनिर्माणका कार्य कसैले रोक्न नहुने बताए । उनले भने, “काम गर्दा समस्या आउँछ, समस्या आएपश्चात् समाधानको बाटो खोज्न सरकार तयार छ । पीडित पक्ष वार्ता र छलफलमा आउनुपर्छ, अवरोध गरेर समस्या समाधान हुँदैन । सरकारको आग्रहलाई बेवास्ता गरी आन्दोलन गरे प्रशासन जवाफी कारवाही गर्दै विकास निर्माणका कार्य द्रुत गतिमा अघि बढाउँछ ।”

निरीक्षणका क्रममा पूर्वमन्त्री बस्नेतले भने “कोटेश्वर–जडीबुटीमा सवारी जामका कारण लाखौँ मानिसको लामो समय बर्बाद भइरहेको छ र त्यसलाई दीर्घकालीन समस्या समाधान गर्न सुरुङमार्ग, वैकल्पिक मार्गलगायत कार्य अघि बढिरहेको छ । हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुल निर्माणका प्रक्रियामा रहेका छन् । ती दीर्घकालीन योजना पूर्णरुपमा सञ्चालनमा नआउञ्जेल अस्थायीरुपमा बालकुमारीदेखि हनुमन्ते–मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो बेलिब्रिज बनाउने प्रक्रियामा अघि बढेका हौँ ।”

विभागका महानिर्देशक श्रेष्ठले बेलिब्रिज सम्भव भएसम्म आगामी तिहारअघि नै सञ्चालनमा ल्याइने बताए। त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणले समेत उक्त स्थानमा सवारी चाप समस्या समाधान गर्न सडक विस्तार, खानेपानी, ढल, पुल, हवाईपुल, स्मार्ट सिटीलगायत कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस