अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याइछाड्ने गृहमन्त्रीको प्रतिवद्धता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याइछाड्ने गृहमन्त्रीको प्रतिवद्धता


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समुहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

भेटमा उनले भने, ‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याइछाड्छौं।’ उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनिहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रष्ट पारे ।

उनले मृतक अन्सारीप्रति श्रधाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानियहलाई संयमित हुन समेत आग्रह गरे । संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरु देखि भईरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गनुपर्ने बताए । उनिहरुले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भिर हुनुपर्नेमा समेत जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस