मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


३ आश्विन २०७५, बुधबार


बागलुङ । गएराति मोटरसाइकल दुर्घटनामा परी बागलुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको हो। कँडेलको उपचारका क्रममा धौलागिरि अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कँडेल रुद्रेपिपल माध्यमिक विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस