हिमालको पानी निर्यात गर्न जापानी प्रतिनिधिमण्डलको सुझाव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हिमालको पानी निर्यात गर्न जापानी प्रतिनिधिमण्डलको सुझाव


१ आश्विन २०७५, सोमबार


पानी

काठमाडौँ । जापानी प्रतिनिधिमण्डलले हिमालयको पानी विदेश निर्यात गरेर आम्दानी गर्न नेपाललाई सुझाव दिएको छ ।

नेपाल भ्रमणमा रहेको जापानको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटवार्ताका क्रममा नेपालको हिमालय क्षेत्रको पानी निर्यात गर्न सुझाव दिएको हो ।

प्रतिनिधिमण्डलका सदस्य तथा पूर्वसांसद माचुदाले विश्वभर सबभन्दा ठूलो संकट पानीको आउने उल्लेख गर्दै हिमालय क्षेत्रमा रहेको पर्याप्त पानीलाई विदेशमा बेचेर नेपालले मनग्ये पैसा कमाउन सक्ने धारणा राखेका थिए ।

उनले मुलुकमा बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यसका लागि जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दीर्घकालीन समाधानको विधिमा जान लागिएको जानकारी गराए ।

प्रत्युत्तरमा मन्त्री बस्नेतले हिमालय क्षेत्रको पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन गरिरहेको जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस