२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा टिटानस सुईको अभाव

अ+ अ-

बाँके । बाँकेमा टिटानस सुई अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् ।

औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माका अनुसार एक महिनादेखि बजारमा टिटानसको सुई अभाव भएको हो । भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जलगायतका अस्पतालमा बिरामीको उपचारमा कठिनाइ भएको छ ।

भारतीय कम्पनीले उत्पादन गरी वीरगञ्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा एक महिनादेखि सो सुईको अभाव देखिएको हो ।

भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अस्पतालले सो सुई उपलब्ध गराउने नभई बिरामी आएको खण्डमा बिरामीले नै खरीद गर्नुपर्ने भएकाले अस्पताललाई जानकारी नभएको बताए । “टिटानसको सुई नभएको खण्डमा विकल्पमा प्रयोग गर्न सकिने विधि छ, तर जुन सामान्यभन्दा अलि महँगो हुन्छ”, डा. थापाले भने।

भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सुदीप पौडेलले अस्पतालमा उपचारका लागि आउने बिरामीले बजारमा टिटानसको औषधि नभएको गुनासो गरेको बताए । सीमावर्ती रुपैडिहामा समेत अभाव रहेको आफूलाई जानकारी आएको पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस