कर्मचारी माथि हातपात गरेको आरोपमा एक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी माथि हातपात गरेको आरोपमा एक पक्राउ


२७ भाद्र २०७५, बुधबार


पक्राउ

महोत्तरी । हुकिङ्ग गरे विद्युत चोरी गर्नेलाई नियन्त्रण गर्न खटिएका कर्मचारीलाई हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–५ पोखरभिण्डाकी सीतादेवी साहलाई छन् । बुधबार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रका कर्मचारीहरुको टोली सम्सी गाउँपालिकामा हुकिङ्ग गरेर विद्युत चुहावट गर्नेलाई नियन्त्रण गर्न खटिगएको थियो । टोलिमा सहभागि विद्युतका कर्मचारी माथि साहले हातपात गरेका थिए।

उनलाई पक्राउ गरेर प्रहरीले कारवाही अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस