प्रदेश नं. ४ कै पहिलो कार्यालय बन्यो जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं. ४ कै पहिलो कार्यालय बन्यो जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय


२६ भाद्र २०७५, मंगलबार


जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

बागलुङ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रदेश संरचना अनुशार आफ्नै भवन निर्माण गरी कार्यालय संचालन गर्ने पहिलो कार्यालय बनेको छ ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले बागलुङ जिल्ला सदरमुकाममा स्थापना गरी प्रदेश नं ४ कै पहिलो बनेको हो ।

नवनिर्मित कार्यालयको मंगलबार उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका कार्यवाक प्रमुख विष्णु प्रसाद भुषालले कार्यालयको स्थापनाले जिल्लामा सिंचाईको राम्रो व्यवस्था हुनुका साथै कृषिमा आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गरे । उनले स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्न पनि सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बागलुङ विपद जोखिम युक्त क्षेत्रमा पर्ने जिल्ला भएको उल्लेख गर्दै विपद एवं जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा यस कार्यालयबाट महत्वपूण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लास्थित सबै कार्यालहरुबाट यसप्रति सहयोग रहने प्रतिवद्धता समेत जनाए ।

त्यसैगरी उर्जा विकास महाशाखाका प्रमुख श्रवण खनालले कार्यालय स्थापनासँगै लक्ष हासिल गर्न सहज हुने बताए । डिभिजन प्रमुख खगेन्द्र भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका सवइन्जिनियर दीपक बहादुर थापाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

पश्चिमाञ्चल सिंचाई विकास डिभिजन कार्यालय र जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयलाई समायोजन गरी जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्थापना गरिएको कार्यालयका खरिदार सुनिल थापाले बताए ।

प्रतिक्रिया दिनुहोस