राष्ट्रको आवश्यकता विकास र समृद्धि : गृहमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रको आवश्यकता विकास र समृद्धि : गृहमन्त्री


२६ भाद्र २०७५, मंगलबार


बनेपा । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताएका छन् ।

काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आज आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।”

उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति र सङ्घ/संस्थालाई सम्मान गरियो ।

सोही अवसरमा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताउनुहुँदै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस