बैतडीमा बस दुर्घटना, १९ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बैतडीमा बस दुर्घटना, १९ घाइते


२६ भाद्र २०७५, मंगलबार


बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं. को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं. को बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका–३ का २७ वर्षीया मनिषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय सुरेन्द्र विष्ट, मार्मा–६ का २४ वर्षीय धनबहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका–६ का ४० वर्षीय रामबहादुर खड्कालाई उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। अन्य घाइतेको दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस