घुस लिने प्रहरी निरिक्षक सहित दुई जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस लिने प्रहरी निरिक्षक सहित दुई जना पक्राउ


२५ भाद्र २०७५, सोमबार


घुस

काठमाडौं  । अनुसन्धानका लागि पक्राउ परेका ब्यक्तिलाई छोडिदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने प्रहरी निरिक्षक सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महता र स्थानीय मध्यस्थकर्ता मैया पौडेल रहेका छन् । उनीहरुलाई अख्तियार दुरुपयो अनुसन्धान आयोग नेपालगञ्जबाट खटिएको टोलीले तीस हजार घुस वापतको रकम सहित पक्राउ गरको हो । उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस