२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित गर्भपतन सेवा सुदृढ

अ+ अ-

सर्लाही । सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । नचाहदा नचाहदै र अनैतिक सम्बन्धबाट रहनगएको गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूले सुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् ।

जिल्लामा परिवार नियोजन सङ्घ, मेरी स्टोप्स् र आइपास नेपाल संस्थाले सुरक्षित गर्भपतन गराउँदै आएका छन् । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा एक हजार ८९७ किशोरी तथा महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा ३३३ जनाले सुरक्षित गर्भपतन गराएका थिए । सेवा लिनेमध्ये करीब ९० प्रतिशत महिलाले गर्भपतन पश्चात परिवार नियोजनको सेवासमेत लिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आइपास नेपाल संस्थाको सहयोगमा जिल्लाका १४ वटा सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएका छन् ।त्यस्तै परिवार नियोजन सङ्घले पनि सदरमुकाम मलङ्गवा र हरिवनमो मेरी स्टोप्स सेन्टरले लालबन्दीमा सुरक्षित गर्भपतन गराउँदै आएको छ । यसबाट जिल्लाका गरीब तथा पिछडिएका महिला तथा किशोरीको पनि पहुँच बढ्दै गएको सरोकारवालाको भनाइ छ ।

जिल्लामा निःशुल्क रुपमा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा हुँदाहुँदै पनि अझै कतिपय महिलामा असुरक्षित गर्भपतन गराउने चलन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका नर्स लक्ष्मी श्रेष्ठले बताए । समुदायमा सुरक्षित गर्भपतन सेवाको जानकारीको कमी र विभिन्न लोभ लालचमा पारी केही दलालले भारतमासमेत पु¥याउने गरेकाले महिलाहरुले झन जटिल समस्या भोग्नुका साथै महँङ्गो सेवा लिन बाध्य बनाइएको उनको भनाइ थियो । गाउँ–गाउँमा झोले चिकित्सकले पनि ग्रामीण समुदायका गरीब तथा अशिक्षित महिलालाई प्रलोभनमा पारी गैर कानूनी रुपमा औषधि बेच्ने गरेको र त्यसको प्रयोगले महिलाको स्वास्थ्यमा थप समस्या बढेको गरेको नर्स श्रेष्ठले बताए । असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न समाजका सबै तहबाट सहयोग हुनुपर्ने आवश्यकता रहेको आइपासका जिल्ला संयोजक शङ्कर देवकोटाले जोड दिए ।

सुरक्षित गर्भपतनका लागि सम्बन्धित महिलाको मन्ञ्जुरीमा १२ हप्ता सम्मको, जबरर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहनगए १८ हप्ता सम्मको तथा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरामा पर्ने भएमा, शारीरिक, मानसिक रुपले स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ बच्चा जन्मनसक्ने भएमा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भपतन गराउन सकिने कानूनी प्रावधान छ । रासस

प्रतिक्रिया दिनुहोस