प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडा बीच भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडा बीच भेट


२२ भाद्र २०७५, शुक्रबार


काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्व प्रधानमन्त्री एच.डी.देवेगौडा बीच आज बालुवाटारमा शिष्टाचार भेट भएको छ ।

भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाई तथा धन्यवाद दिएका छन् । देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, “दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धी भएको छ । जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ ।”

प्रतिक्रिया दिनुहोस