दुर्घटनामा एकको मृत्यु, तीन घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनामा एकको मृत्यु, तीन घाइते


२२ भाद्र २०७५, शुक्रबार


रुकुम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१ गाराघाटकी २८ वर्षीया धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी धनमायालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृतक धनमायाकै छोरी १३ वर्षीया मुना, मुसीकोट नगरपालिका–१३ की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते भएका छन् । घाइते तीनैलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मुना र ललिताको अवस्था गम्भीर भएको बताइएको छ ।

ट्याक्टर न्यूटलमा राखेर चालक खोलामा गएका कारण दुर्घटना भएको थियो । बिहीबार बेलुका दुर्घटना भएको ट्याक्टर सडकभन्दा २० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस